बंगलादेशको उच्च अदालतले विवाहको फर्मबाट कुमारी (भर्जिन) शब्द हटाउन आदेश दिएको छ । अब महिलाले विवाहको फर्ममा आफू कुमारी रहेको कुनै जानकारी दिइराख्नु जरुरी छैन ।
महिला अधिकार संगठनहरुले फर्मबाट कुमारी ९भर्जिन० शब्द हटाउन पाँच वर्षसम्म कानूनी मुद्दा लडेका थिए । यसपछि मात्रै अदालतबाट उक्त आदेश आएको हो । यद्यपि, विवाहको फर्ममा डिभोर्स गरिएको र विधवाको कोलममा भने कुनै परिवर्तन गरिएको छैन ।
बंगलादेशमा हालसम्म विवाहको फर्ममा कुमारी, विधवा र डिभोर्स गरिएकी भनी तीन कोलम राखिएको थियो । उच्च अदालतले बंगलादेशी सरकारलाई विवाह प्रमाणपत्रमा कुमारी शब्दको स्थानमा अविवाहित शब्द राख्न निर्देशन दिएको छ । यस निर्णयको देशका सबै प्रमुख महिला अधिकार संगठनले स्वागत गरेको छ ।
पुरुषले पनि विवाह प्रमाणपत्रमा जानकारी दिनुपर्ने
नयाँ आदेशअनुसार पुरुषले पनि विवाहको प्रमाणपत्रमा अविवाहित, विधुर र डिभोर्स गरेको जानकारी दिनुपर्नेछ । हालसम्म यस विषयमा सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । यो आदेश कहिलेदखि लागू हुनेछ भन्ने पनि उल्लेख गरिएको छैन । यद्यपि, सरकारले यो निर्णय छिटै लागू गर्ने अपेक्षा छ ।