पायो ग्रुपले हालै ‘बदाम जुस’ सार्वजनिक गरेको छ । कम्पनीले पायो बदाम ड्रिङ्क नामक बदाम ड्रिङ्क बजारमा ल्याएको हो ।
पायो बदाम ड्रिङ्क शुद्ध दूध, बदाम र केसरको मिश्रणबाट तयार पारिएको कम्पनीको दाबी रहेको छ । यसमा रहेको प्रोटिन, भिटामिन, क्याल्सियम र सोडियम जस्ता तत्त्वहरूले स्वास्थमा लाभ हुने पनि कम्पनीले जनाएको छ ।
भारतको चेन्नाईको एक कम्पनीसँगको सहकार्यमा बनेको यस बदाम ड्रिङ्क पूर्ण रूपमा अर्गानिक भएको, आईएसओ सर्टिफाईड र एफएसएसआईले प्रमाणीकरण गरेको कम्पनीका प्रबन्धक निर्देशक सरोज महतोले जानकारी दिए ।