भारतले किन्यो खतरनाक लडाकु हेलिकप्टर ! के पाकिस्तानसँग युद्ध हुन्छ त?

अमेरिकाबाट भारतले खतरनाक लडाकु हेलिकप्टर खरिद गरेको छ । युद्धग्रस्त क्षेत्रमा प्रयोग हुने उक्त अट्याक नामक लडाकु हेलिकप्टर भारतले पाकिस्तानी सिमा क्षेत्रमा राख्ने भएको छ।

भारत र पाकिस्तानबीच काश्मीर विवाद चुलिएका बेला भारतले खरिद गरेको यो हेलिकप्टरलाई चासोका साथ हेरिएको छ । उक्त हेलिकप्टर पाकिस्तानी सिमा स्थित पठानकोटमा राखिने छ । उक्त बोइङ Apache AH-64E नामको एयरबसमा भारतीय वायुसेना प्रमुख एयरचीफ मार्शल बी एस धनोवा लगायत सवार रहने बताइएको छ ।



भारत सरकारले अमेरिकी हतियार बनाउँने कम्पनी बोइंगबाट ४१६८ करोड भारतीय रुपैयामा अपाचे हेलीकॉप्टर खरीद गरेको हो ।

जम्मु(कश्मीर विवादलाई लिएर भारत(पाकिस्तान बीच तिक्तता उत्कर्षमा पुगेको छ । पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भारतसँग वार्ताको ढोका बन्द भएको प्रतिक्रया दिएका छन् । काश्मीर विवादमा पाकिस्तानलाई चिनको साथ छ ।

कश्मीरी जनताको पक्षमा अभिएको पाकिस्तानले आफ्ना एक सेना रहुन्जेल सम्म भारतसँग नझुक्ने बताएको छ । पछिल्लो समय पाकिस्तानले क्षेप्यास्त्र समेत प्रक्षेपण गरेको छ । सैन्य टकराव बढ्न सक्ने स्थितीमा भारतले संसारकै खतरनाक लडाकु विमान खरिद गर्नुलाई महत्वपूर्ण कदमका साथ हेरिएको छ ।

सम्बन्धित समाचार