टिभिएस मोटर कम्पनीले उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर १६० २ भि रेस एडिसनलाई नेशनल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा) अटो शो २०१९ को दौरान नेपालमा सार्वजनिक गरेको छ । ३७ वर्षयता विश्वमै लोकप्रिय यो मोटरसाईकललाई युवा पुस्तालाई लक्षित गरिएको छ ।
उत्कृष्ट रेसिङ्ग डिकल्स, थ्रीडि लोगो, चमकदार रङ्गहरु एवं स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ । यसैगरी उच्चग्रिप टायरहरुका साथ पांग्रामा भएको नयाँ पिनस्ट्राइपहरु, डबल डिस्क ब्रेकहरु र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ्गअनुभूतिमा कुनै सम्झौता नगरेरै बाइक चलाउने अनुभव प्रदान गर्दछ ।
समारोहमा सम्बोधन गर्दै टिभिएस मोटर कम्पनी, अन्तर्राष्ट्रिय बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलिपले भने ‘हाम्रो ग्राहक आधारको एक महत्वपूर्ण हिस्सा युवाभएको हुँदा टिभिएस मोटर कम्पनीकालागि नेपाल एक संवेदनशील बजार हो भन्ने हामीले मान्दै आएका छौं । टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनले देशमा रहेका युवाहरुमाझ टिभिएस मोटरका उत्पादनहरु प्रतिथपउत्साहजगाउने विश्वास हाम्रो रहेको छ । गहन रेसिङ्ग परम्पराद्वारा समर्थनप्राप्तयो स्टाइलिस प्रिमियम मोटरसाइकलले नेपालका सबै बाइकिङ्गशौखिनहरुलाई आकर्षित गर्नेछ ।’
सोही अवसरमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने ‘नेपालमा टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन भित्र्याउन पाएकोमा हामी हर्षित भएका छौं । यो प्रिमियम ब्राण्डको बिक्रीवितरण उत्कृष्ट बिक्री परामर्श र अत्याधुनिक बिक्रीपछिको सेवाएवं स्पेयर्स सपोर्टमार्फत् गरिनेछ । हामी निरन्तर सहकार्य गरिरहनेछौं र नेपालमा टिभिएस मोटर कम्पनीलाई मजबुत टू–ह्वीलर ब्राण्ड बनाउने प्रतिबद्धता व्यक्तगर्दछौं ।’