हवाई आक्रमणमा परी १८ जनाको मृत्यु

पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडा लक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

इराकको सिमानानजिकै अल–बुकामाल सो आक्रमण भएको बेलयतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।



सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

सो युद्धमा अल–कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूह हाबी हुँदै गयो । सो आन्दोलनका परी सो समयदेखि हालसम्म ३ लाख ७० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यस द्वन्द्वमा परी लाखौं व्यक्ति घाइते भएका छन् भने लाखौं आफ्नै देश र विदेशमा शरण लिएर बस्न बाध्य भएका छन् ।

सम्बन्धित समाचार