बन्द मलेसियाको रोजगारी पुनः खुलाउने छलफल सकियो, निर्णय शुक्रबार

करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच दोस्रो दिनको छलफल बुधबार सकिएको छ ।

मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्रजायामा भएको संयुक्त कार्यदल (जेडब्लुजी)को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो । यस क्रममा दुवै मुलुकका प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए ।



‘वार्तामा दुवै मुलुकका प्रतिनिधिले आफ्ना धारणा राखेका छौं । केही विषयमा सहमति नजिक पुगेका छौं ।’, बैठकमा नेपाली टोलीको नेतृत्व गरेका श्रममन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भने,‘ शुक्रबार निष्कर्षमा पुग्ने अपेक्षा गरेका छौं ।’ यो समाचार नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार