अमिताभ बच्चनले यसकारण मागे सबैका सामु माफी

अहिले नेपालसहित विभिन्न देशहरुमा सुरु भएको चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को प्रस्तोता हुन् अमिताभ बच्चन । यसै कार्यक्रमका दौरान अभिनेता अमिताभ बच्चनले एक सहभागीसँग माफी माग्नु परेको छ ।

अमिताभले कार्यक्रमको विशेष शोमा आएका एक चिकित्सकसँग माफी माग्नु परेको हो । ‘कर्मवीर विशेष शो’नाम दिइएको सो कार्यक्रममा आएका ती चिकित्सकले अमिताभलाई ३५ वर्ष पुरानो किस्सा सुनाउँदा सो कुरा स्पष्ट सम्झन नसकेपछि उनले माफी मागेका हुन् ।



अमिताभले माफी मागेका ती चिकित्सकको नाम रमना राव हो । उनी भारतका उत्कृष्ट कार्डियोलोजिस्टमा पर्छन् । कार्यक्रममा रावले पुरानो घटना सुनाउँदा अमिताभ आश्चर्यमा परेका थिए । सो किस्सा सुनेपछि अमिताभले रावसँग हात जोडेर माफी मागे ।

भएको के थियो भने, ३५ वर्ष अगाडि बैङलोरमा सुटिङका क्रममा अमिताभ विरामी परेका थिए र रावले नै मध्यरातमा अस्पताल पुगेर अमिताभको उपचार गरेका थिए । रावले सो घटनाको बारेमा जानकारी दिएपछि बच्चनले माफी माग्नु परेको हो ।

उनले कार्यक्रममा भने, ‘मलाई राती साढे एक बजे एउटा फोन आयो। त्यो फोनमा एक व्यक्तिले मेरो साथीको हालत ठीक छैन, छिट्टो आउनु भने। ती व्यक्तिले यदि तपाईले यी महान व्यक्तिलाई छुनु भयो भने त्यो दिनदेखि तपाईंको जीवन बदलिने बताए। वास्तवमा भयो पनि त्यस्तै, मेरो व्यवसायिक जीवन त्यहीबाट उकालो लाग्यो।

जब म बोलाइएको ठाउँ पुगें तब मैले ती विरामी व्यक्ति तपाईं भएको थाहा पाएँ । त्यो दिन तपाईंलाई धेरै ज्वरो आइरहेको थियो। तपाईं कामिरहनुभएको थियो। मैले हेरें र औषधी दिएँ। अर्को दिनसम्म तपाईं ठीक भइसक्नुभएको थियो। मलाई थाहा थियो, जब म घर जानेछु र घटना सुनाउनेछु तब कसैले यो घटना पत्याउने छैन। त्यसैले मैल तपाईंसँग अटोग्राफ पनि लिएं ।’

रावले यति कुरा बताएपछि अमिताभले ‘यो कहिलेको कुरा हो रु’ प्रति प्रश्न गरे । रावले ‘बैङलोरको हुँदाको कुरा हो’ भनेर जवाफ फर्काए । त्यसपछि पनि अमिताभले स्पष्ट रूपमा त्यो पुरानो कुरा याद सकेनन् ।

अनुमान लगाउँदै अमिताभले त्यो सन् १९८४ को घटना हुनुपर्छ भनेर उत्तर दिए । यसरी घटना सम्झिन नसकेपछि अमिताभले दुई हात जोड्दै रावसँग माफी मागेका हुन् । अमिताभले भने, ‘म क्षमा चाहन्छु, त्यो समय मैले तपाईंलाई चिन्न सकिन । मेरो तपाईंलाई शुभकामना छ ।’ एजेन्सी

सम्बन्धित समाचार