कागेश्वरी मनोहरा नगरपालिकामा दुई हजार किलोको विश्वकै ठूलो पञ्चरत्न धातुले बनेको कागको मूर्ति निर्माण गरिने भएको छ।
नगरपालिकाको लोकतान्त्रिक शहीद पार्कमा आगामी फागुन ७ गते मनाइने कागेश्वरी महोत्सवमा उक्त पञ्चरत्न धातुको काग राखिने भएको हो।
शनिबार एक मलेसियन नागरिकले नगरपालिका–१ गागलफेदीमा विश्वकै ठूलो काग निर्माणका लागि पञ्चरत्न जडित बाला र डा। राम उप्रेतीले तामाको गाग्री काग निर्माणका लागि नगरपालिकालाई प्रदान गरे ।
मलेसियन नागरिकलाई सानै उमेरमा उनको आमाले हातमा लगाइदिएको पञ्चरत्न जडित बाला र डा। उप्रेतीलाई आफ्नो विवाहमा दाइजोस्वरुप प्रदान गरिएको तामाको गाग्री नगरपालिकाका प्रमुख कृष्णहरि थापामार्फत वडा नं। १ का वडाध्यक्ष मुकुन्द गजुरेललाई प्रदान गरे ।
वडाध्यक्ष गजुरेलले मलेसियन नागरिक र डा। उप्रेतीलाई काग निर्माण गर्ने पवित्र कार्यका लागि प्रदान गरिएको बाला र तामाको गाग्री प्रदान गरिएकोमा सराहना गरे । उनले भने– ‘यस अभियानमा लागौं र हामी सँगसँगै अगाडि बढौं।’
नगरपालिकाका प्रमुख थापाले नगरपालिकाले विश्वकै ठूलो दुई हजार किलोको काग निर्माण गरेर इतिहास रच्न लागेको बताए । तथ्यांक अनुसार इन्डोनेसियामा एक हजार चार सय किलोको धातुको काग निर्माण भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाले नै कागेश्वरी मन्दिरमा २ सय २७ किलोको काग यसअघि नै निर्माण गरिसकेको छ।