इण्डियन आइडलमा फर्किए अनु मलिक, सोना आक्रोशित

यौन शोषणको आरोप लागेपछि निकालिएका चर्चित संगीतकारका अनु मलिकलाई सोनी टेलिभिजनले फेरि इण्डियन आइडलमा फर्काएको छ। सोनी टेलिभिजनले मलिकलाई फेरि इण्डियन आइडलको निर्णायकको भूमिका दिएको हो ।

अनु मलिक फेरि इण्डियन आइडलमा देखिएपछि उनीमाथि यौन शोषणको आरोप लगाएकी गायिका सोना मोहपात्राले ट्विटरमार्फत आक्रोश पोखेकी छन् । सोनाले ट्विट गरेर ‘आखिर मुसा नालीमा आयो’ भन्दै आक्रोश पोखेकी हुन् ।



‘सोनी टिभिले अनु मलिकलाई दोस्रो पटक आफ्नो शोमा बोलाउनु ती मानिसहरुको मुखमा थप्पड हान्नु हो जो भारतमा आफ्ना बालबालिकाका लागि एक सुन्दर र सुरक्षित भविष्य चाहन्छन् ’, सोनाले ट्विटमा भनेकी छन् ।

इण्डियन आइडलको ११ औँ संस्करणको शूटिंग चलिरहेको छ । यसमा अनु मलिक सहभागी छन् । उनीसँगै नेहा कक्कड र विशाल डडलानी पनि निर्णायकको भूमिकामा छन् ।

सम्बन्धित समाचार