यस फिल्मको बायोपिकमा देखिनेछिन् विद्या बालन, शुटिंग शुरु

फिल्म मिशन मंगलमा वैज्ञानिकको भूमिका निभाएपछि अभिनेत्री विद्या वालन अब पर्दामा असली भूमिका निभाउँदै देखिनेछन् । विद्याको अर्को फिल्म गणितज्ञ शकुन्तला देवीमाथि आधारित छ । यस फिल्मको फस्ट लुक रिलीज भैसक्यो ।

हिजो नै फिल्मको मेकर्सले विद्या बालनको फस्ट लुक सार्वजनिक गरेको छ जसलाई निकै रुचाइएको छ । यसमा विद्या वालन रातो सारीमा देखिएकी छिन् । उनको कपाल छोटो छ र निधारमा टीका लगाएकी छिन् ।



शकुन्तला देवी गणितको जीनियसको रुपमा प्रसिद्ध छन् र उनको नाम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पनि आएको छ । शकुन्तला देवीलाई ‘दि ह्यूमन कप्यूटर’को उपनामले पनि चिनिन्छ । अनु मेननको निर्देशनमा यो चलचित्र बन्न लागेको हो । खबर अनुसार यस फिल्मको शुटिंग लन्दनमा शुरु भैसकेको छ । फिल्म कहिले रिलिज हुन्छ भन्ने कुराको कुनै जानकारी आएको छैन ।

यदि विद्याको पहिलेको फिल्मको कुरा गर्ने हो भने मिशन मंगललाई दर्शकले निकै रुचाएका थिए । बक्स अफिसमा यो फिल्मले २०० करोडको आंकडालाई क्रस गरेको थियो । यसमा विद्याका साथ अक्षय कुमार र तापसी पन्नु जस्ता कलाकारले पनि काम गरेका थिए ।

सम्बन्धित समाचार