सरकारले असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्था मार्फत निःशुल्क सेवा प्रवाह गर्ने भएको छ ।
संविधान दिवसको अघिल्लो दिन सरकारको मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरुको बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागिएको हो ।
सरकार मातहतका देशैभरिका अस्पताल र स्वास्थ्य संस्थाले ओपीडी सेवाका लागि सुरुमा शुल्क लिएर टिकट काट्ने गरेका थिए । मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू अन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयको भनाइ छ ।