भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ८ सय रुपैयाँको गम्छा ११ करोडमा लिलामी भएको छ। उनले ५ सय भारु मूल्य पर्ने उक्त गम्छा उपहारमा पाएका थिए।
गम्छाको लिलामीबाट प्राप्त उक्त रकम भारती प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।
दक्षिणपन्थी रुझानका सयौँ फेसबुक तथा ट्वीटर प्रयोगकर्ताले यो दाबीसँगै केही तस्वीर र भिडियोसमेत पोष्ट गर्दै मोदीलाई ‘अवतार पुरुष’ को उपमा दिएका छन्।
नयाँदिल्लीस्थित राष्ट्रिय आधुनिक कला संग्रहालयमा पछिल्लो एक वर्षमा मोदीलाई प्राप्त विभिन्न २७ सय ७२ थरीका उपहारहरुको प्रदर्शनी चलिरहेको छ भने इन्टरनेटका माध्यमबाट पनि ती वस्तुको लिलामी भइरहेको छ।
प्रदर्शनीमा राखिएका वस्तुहरुमा चित्रकला, स्मृति चिह्न, मूर्ति, पछ्यौरा, पगरी, ज्याकेट, परम्परागत वाद्ययन्त्र लगायतका छन्। जसको सुरुवाती मूल्य २ सय भारुदेखि अढाई लाखसम्म तोकिएको छ।
तर सोसल मिडियामा चाहिँ मोदीको ५ सय भारुको गम्छा ११ करोड भारुमा लिलामी भएको चर्चा छ।
उता भारतको संस्कृति मन्त्रालयले भने त्यस्तो हल्लामा सत्यता नभएको जनाएको छ। अहिलेसम्म कुनैपनि सामान ११ करोड भारुमा नबिकेको मन्त्रालयले प्रष्ट पारेको छ।
अहिलेसम्म सबैभन्दा धेरैमा बिकेको भनेको एउटा कलश रहेछ। जुन एक करोड तीन सय भारुमा लिलामी भएको छ। गुजरातका मुख्यमन्त्रीले उक्त चाँदीको कलश मोदीलाई उपहार दिएका थिए।