‘धिमे धिमे’ का गायक टोनी कक्कडको काठमाडौँमा लाइभ कन्सर्ट

चर्चित गायक टोनी कक्कडले काठमाडौँमा लाइभ कन्सर्ट गर्ने भएका छन् । नेहा कक्कडका भाई टोनीले आगामी २ गते बिहिबार ठमेलस्थित ’क्लब फहरेन्हाइट’ मा लाइभ कन्सर्ट गर्न लागेका हुन् ।

सि.एन.आई. इभेन्ट्सले आयोजना सम्पन्न हुन लागेको उक्त लाइभ कन्सर्ट बिहिबार साँझ ८ बजे देखी सुरु भर्इ बिहान ४ बजेसम्म चल्ने बताईएको छ । ‘कोका कोला तु’, ’धिमे धिमे’, ’मिले तो हुम’ ’ओह हमसफर’ जस्ता चर्चित गीत गाएर हिट भएका टोनीले एक भिडियो सार्वजनिक गर्दै उक्त कन्सर्टमा सबैलाई सहभागी हुन अनुरोध समेत गरेका छन् ।



भिजिट नेपाल २०२० को अवसर पारेर सम्पन्न हुन लागेको यस कन्सर्टमा कार्यक्रमको सुरुवातमा दि फ्रिकस्ट्रिट ब्याण्डको प्रस्तुतिबाट हुने बताईएको छ ।

सम्बन्धित समाचार