कामना सेवा विकास बैंकले आफ्नो सेवाविस्तार गर्दै जाने क्रममा ओडी (ओभर ड्राफ्ट) कार्ड सुविधा समेत प्रदान गर्ने गरी यही असोज २ गतेदेखि सो सेवा शुभारम्भ गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले ओडी कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरूले उक्त ओडी कार्ड प्रयोग गरी उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताए । साथै, ओडी कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तीव्रताका साथ अघि बढाउन सकिने पनि उल्लेख गरे ।
काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरूमा ९९ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत गा्रहकहरुलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।