चिरन्जीवीको फिल्ममा अमिताभले किन पारिश्रमिक लिएनन् ?

दक्षिण भारतका अभिनेता चिरन्जीवीले दशकौ देखि दक्षिणको फिल्ममा राज गरिरहेका छन् । उनी आम दर्शकदेखि कैयौ फिल्म स्टारका लागि पनि मनपर्ने अभिनेता बनेका छन् ।

पछिल्लो पटक चिरन्जीवीले आफ्नो प्रशंसकको रुपमा बलिवुडका महानायक अमिताभ बच्चनको रुपमा पाएका छन् । दुवै लामो समय देखि एक अर्काका नजिक मानिन्छन् । दुवै एक अर्काको प्रसंशा गरिने रहन्छन् ।



यसैबीच अमिताभ बच्चनले चिरन्जीवीले बनाएको फिल्म नरसिंह रेड्डीमा निस्शुल्क रुपमा अभिनय गरिदिएको अहिले बलिवुडमा चर्चाको विषय बनेको छ ।

चिरिन्जीवीले गरेको अनुरोधलाई अमिताभले पहिलो पटकमै स्वीकार गरेको चिरन्जीवीले जानकारी गराएका छन् । अमिताभले यस फिल्मको रोलका लागि दिएको पैसा समेत लिन अस्विकार गरेका छन् । यहाँ सम्मकी अमिताभले शुटिंगका लागि जाने आउने खर्च समेत नलिएको बताइएको छ ।

अमिताभले एक पटक भनेका थिए – दक्षिण भारतीय सिनेमामा दुई यस्ता सुपरस्टार छन् जसलाई आफुले कहिल्लै पनि नाइँ भन्न सक्दिन । रजनीकान्त र चिरन्जीवी दुई यस्ता स्टार हुन् जसलाई मैले नाइँ भन्नै सक्दिन ।

अमिताभले नरसिंह रेड्डीमा एक अतिथि भूमिकामा रहेका छन् । विभिन्न भाषामा बनेको यो फिल्मको हिन्दी भाषामा अमिताभको भूमिकालाई विशेष रुपमा प्रचार गरिने भएको छ ।

नरसिंह रेड्डी आगामी अक्टोबर २ मा रिलिज हुदै छ भने यो फिल्म तेलगु, तामिल, हिन्दी र मलायलममा बनेको छ । फिल्म करिब २ सय ७० करोडको लागतमा बनेको छ ।

सम्बन्धित समाचार