‘प्रस्थानम्’ मा नाम चलेका कलाकारसँग काम गर्दै संजीत

तीन बर्षदेखि बेकामे बसेका बलिउड नायक संजीत दुवेले ठुला स्टारसँग काम गर्ने मौका पाएका छन् । उनी सञ्जय दत्त, ज्याक्की श्राप, मनिषा कोइराला लगायतका स्टारहरुसँग फिल्म प्रस्थानम्मा काम गर्ने भएका हुन् ।

अल्वेज कभी कभी फिल्मबाट सन् २०११ मा बलिउड छिरेका उनी त्यसपछि केही छोटा चलचित्रहरुमा काम गरेर बसेका थिए । उनले आफू लामो समयको अन्तरालपछि राम्रो फिल्मबाट फेरी काम गर्ने मौका पाएकोमा भाग्यमानी भएको बताउँछन् ।



उनले भने, ‘म यस्तै राम्रो अवसरका लागि पर्खिरहेको थिएँ, जहाँ मेरो अनुहारको सुन्दरता मात्रै होइन, अभिनय पनि देखाउन सकुँ ।’

उनले आफू सञ्जय दत्तको छोराको भुमिकामा देखिन लागेको बताउँदै, बच्चा बेलाका मनपर्ने कलाकारसँग काम गर्न पाएकोमा खुशी भएको बताए ।

मनिषा कोइराला, बच्चा बेलादेखिको मनपर्ने हिरोइन भएको भन्दै उनले, अकेले हम अकेले तुम, दिल से, बम्बई हेर्दे हुर्केको समेत बताउन भ्याए । साथै सञ्जय दत्तको तुलनामा आफू ज्याक्की श्रापसँग छिट्टै घुलमिल भएको पनि बताए ।

सम्बन्धित समाचार