रणवीर कपूरले महेश भट्टसँग मागे आलियाकाे हात, विवाह कहिले ?

बलिउड अभिनेताहरू आलिया भट्ट र रणवीर कपूरको सम्बन्ध अहिले चर्चामा छ । दुवैजनाले छिट्टै विवाह गर्न लागेको खबर छ ।

हालै प्रकाशित केही खबरअनुसार, रणवीर कपूरले आलियाका पिता निर्देशक महेश भट्टलाई आलियाको विवाह आफूसँग गराइदिन अनुरोध गरेका छन् ।



मुम्बई मिररको रिपोर्टअनुसार, रणवीरले आलियासँग सम्बन्ध अघि बढाउने सोच बनाएका छन् । उनले महेश भट्टसँग भेटेर बिहेका लागि आलिया मागेका छन् ।

महेश भट्टसँग आलिया माग्दा रणवीर भावुक भएको बताइन्छ । त्यतिखेर उनको आँखामा आँसु आएको थियो ।

रणवीर र आलियाको विवाह सन् २०२० मा हुने खबर छ । त्यसो त उनीहरूको विवाहको खबर यसअघि पनि आउने गरेका थिए । महेश भट्टले पनि यी दुईको बिहेको कुरा झिकेका थिए । दुवै परिवारको सहमतिमा विवाह हुन लागेको हो ।

महेश भट्टले द टेलिग्राफसँग कुरा गर्दै भने, ‘यी दुईजना एकअर्कालाई प्रेम गर्छन् । मलाई रणवीर कपूर मन पर्छन् । उनी राम्रा मान्छे हुन् । उनीहरूले आफ्नो सम्बन्ध कसरी अगाडि बढाउने हो, त्यो उनीहरूमै निर्भर छ । सबै कुरा उनीहरूकै मर्जीमुताबिक हुनेछ ।’

रणवीर र आलिया ब्रह्मास्त्र फिल्ममा काम गरिरहेका छन् । आयान मुखर्जीको यस फिल्ममा अमिताभ बच्चन पनि छन् ।

एजेन्सी

सम्बन्धित समाचार