बैंकका पूर्व सीईओसहित ११ जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जनालाई पक्राउ गरेको छ। नक्कली धितोमा ऋण दिएको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो ।

व्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार बैंक अफ काठमाडौंका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जना नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा पक्राउ परेका हुन् । तत्कालीन समयमा श्रेष्ठ बैंकको सीईओ थिए ।



खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक ५ करोड रुपैयाँ रकम स्वीकृत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलगायत छन् ।

सम्बन्धित समाचार