मार्ग ईआरपी नेपालमा विस्तार हुँदै

मार्ग ईआरपी लिमिटेड, एक अग्रणी भारतीय कम्पनीको नेपाल च्याप्टरले नेपालमा लघु, साना तथा मझौला उद्योगको वृद्धिका लागि उपस्थीति र संचालनलाई सुद्दढ बनाइरहेको छ । नेपालमा सेवाको पहुँचबाट बाहिरिएका लघु, साना तथा मझौला उद्योगलाई अझ राम्रो बनाउन मार्ग ईआरपीले काठमाडौंमा आफ्नो सर्भिस सर्पोट सेन्टर खोलेको हो ।

नेपाल च्याप्टर ‘नेपाल ईआरपी इन्टप्राइजेज्’ अन्तर्गत मार्ग ईआरपी दुई वर्ष अगाडि नेपालमा संचालनमा आएको हो र यसले कस्टुमाइज टेक्नोलोजी सोलुसनको माध्यमबाट पहिले देखि नै एमएसएमई क्षेत्रलाई डिस्रप्ट गर्न शुरु गरिसकेको छ । कम्पनीको लक्ष्य १५ जना स्थानीय साझेदारी तथा मार्ग कर्मचारीहरुको टोलीका साथ प्रत्येक महिना ३५० भन्दा बढि उद्यम तथा व्यवसायहरुलाई स्वचालित र कम्प्यूटराइज गर्ने रहेको छ । कम्पनीको भर्टीकल तथा होरिजेन्टल विस्तारका लागि उनीहरुले थप मानव जनशक्ति नियुक्त गर्दैछन् ।



देशका सरोकारवालाहरुसँग संलग्नता र अन्तक्रिया बढाउन नेपाल ईआरपी इन्टप्र्राइजेज (मार्ग ईआरपी) ले नेपाल बिजनेश पार्टनर मिट पनि आयोजना गरेको थियो । मार्ग ईआरपीका भारतका कन्ट्री हेड प्रितेश प्रभाकर पाटिल, इन्टरनेशनल मार्केटिङ्गका सिनियर म्यानेजर तारकेराव सिंहले सम्बोधन गरेको उक्त बैठकमा नेपालका सातै वटा प्रदशेका साझेदारहरुको उपस्थीति रहेको थियो ।

विकासको मार्गमा प्रगति गर्दै मार्ग ईआरपीले नेपालमा ठुला अप्रेसनहरु शुरु गर्यो र बैठकमा आफ्नो वृद्धि रोडम्याप पनि आदन–प्रदान गरेको थियो । कार्यक्रममा मार्ग ईआरपी नेपालका सिनियर म्यानेजरले फार्मेसी एसोसिएसनका अध्यक्ष अमृत खनाल, अडिटर एसोसिएसन नेपालका सीईओ नरेश खनाल तथा फेडेरेसन अफ नेपाल गोल्ड एण्ड सिल्भर डिलर एसोसिएसनका उपाध्यक्ष माणिकरत्नले रचनात्मक छलफल गरेका थिए । यी सम्मानित संघहरुले कम्पनीको समाधानहरुप्रति प्रतिबद्धिता देखेका छन् र यस सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गर्न सहमत भएका छन् ।

मार्ग ईआरपी नेपालले देशमा सक्रिय रुपमा स्थानीय प्रतिभालाई प्रशिक्षण गर्नेछ र अभ्यस्त जनशक्ति उत्पादन गर्नेछ । कम्पनी लघु, साना तथा मझौला उद्योगको बढ्दो आवश्यकतालाई सहयोग गर्न देशमा उच्च दक्ष मानव विकास गर्न प्रतिबद्ध रहेको बताएको छ ।

सम्बन्धित समाचार