कसरी बनिन् सोनाक्षी ट्रोलको शिकार ?

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्विटरमा ट्रोलको शिकार बनेकी छिन् । “कौन बनेगा करोडपति” मा उनले हनुमानले कसको लागि संजिवनी बुटी लिएर आएका थिए भन्ने बारेमा जवाफ दिन नसकेपछि ट्विटरमा मजाकको पात्र बनेकी हुन् ।

कौन बनेगा करोडपतिको ११ औं सिजनको २५ औं एपिसोडका सोनाक्षी राजस्थानकी रुमादेवी कर्मबीर प्रतिभागीको तर्फबाट हिस्सा लिएकी थिइन् । बलिउड अभिनेत्री सोनाक्षी विशेष अतिथीको प्यानलमा रहेकी थिइन् । उनले रुमादेवीलाई साथ दिइरहेकी थिइन् ।



यसैबीच एक प्रश्न आएको थियो त्यसमा जवाफ दिन नसकेपछि उनले लाइफलाइनको सहयोग लिनुपरेको थियो । प्रश्न थियो, रामायणका अनुसार हनुमान कसको लागि संजिबनी बुटी लिएर आएका थिए ? जवाफको विकल्पमा सुग्रीव, लक्ष्मण, सीता र रामको नाम थियो ।

सोनाक्षीलाई यसको जवाफ थाहा थिएन । उनले एक्सपर्ट सम्बन्धी लाइफलाइन प्रयोग गरिन् । त्यसमा सही जवाफ लक्ष्मण भन्ने बताइयो । सो एपिसोड सकिनासाथै सोनाक्षीलाई ट्विटरमा मजाकको पात्र बनाइएको थियो ।

केही मानिसले उनको बचाव पनि गरेका थिए । यसक्रममा सोनाक्षी सिन्हा ह्यासट्याग भारतमा टप ट्रेन्डमा आएको थियो । निकुन्ज नामका एक युजरले लेखेका छन्, ‘सोनाक्षी सिन्हाका पिता शत्रुघन् सिन्हाका तीन भाइ छन्: राम, भरत र लक्ष्मण । सोनाक्षीका भाइको नाम लब र कुश छ । उनको घरको नाम रामायण हो, र पनि उनले यो प्रश्नमा लाइफलाइन प्रयोग गरिन् ।’

सम्बन्धित समाचार