अध्यात्ममा मल्लिका सेरावत

नायिका मल्लिका सेरावतले फिल्मको रंगीन दुनियाँको गतिविधि कम गर्दै आफूलाई अध्यात्मतिर डोर्‍याउन थालेकी छन्। उनले आफ्नो सोसल मिडिया एकाउन्टमा पछिल्लो केही दिनयता ध्यान गरेको, योगासन गरेको तस्बिर सेयर गरिरहेकी छन्।

मल्लिकाले हलासन गरेको पछिल्लो तस्बिर सेयर गरेकी छन्। साथै उनले हलासन आफ्नो मन परेको योगासन रहेको बताएकी छन्। ‘यसले मस्तिष्क शान्त राख्न, तनाव कम गर्नुका साथै शरीरलाई आराम दिन्छ’, उनले भनेकी छन्।



२०१९ जुनमा रिलिज भएको वेबसिरिज ‘बु सबकी फटेगी’ मल्लिकाको पछिल्लो अभिनय रहेको छ।

सम्बन्धित समाचार