रहेनन् संसारलाई हसाउँने चर्चित कलाकार !

विश्वले एक सफल कलाकार गुमाएको छ । तेलुगू कमेडियन अभिनेता वेणु माधवको निधन भएको छ । ५१ वर्षिय माधवको २५ सेप्टेम्बर १२ः२० दिउँसो मृत्यु भएको हो । उनलाई दक्षिण भारतका अक्सर चलचित्रहरुमा देख्न पाइन्थ्यो ।

माधवले यशोदा अस्पतालमा दुई हप्तादेखि किडनी सम्बन्धी बिरामीको उपचार गरिरहेको जनाइएको छ । भारतीय मिडियाका अनुसार उनलाई २२ सेप्टेम्बर अस्पतालबाट डिस्चार्ज गरिएको तर पुनः स्वास्थ्य बिग्रिएपछि उनलाई २४ सेप्टेम्बर दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । माधवको स्वास्थ्य अवस्था झन् झन् बिग्रएकोले उनलाई अस्पतालको गहन क्रिटिकल केयर युनिटमा सारिएको थियो ।



सूर्यपाट जिल्लाको कोदादमा जन्मिएका वेणु माधव तेलुगू देशम पार्टीको सदस्य थिए । उनले मनोरञ्जन क्षेत्रमा आफुलाई मिमिक्री कलाकारको रुपमा प्रवेश गराएका थिए ।

माधवले सम्प्रदाय (१९९६) बाट तेलुगूमा फिल्म क्षेत्रमा डेब्यु गरेका हुन् । धेरै ब्लकबस्टर फिल्महरु मास्टर, थोली प्रेमा, युवराजु, नुभ नुभ, डीआईएल, सिंहदरी र आर्यले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार