सरकराले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ। उनको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै सरकारले विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो । हरेका वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकाँगोमा विश्वका प्रहरी प्रमुखको सम्मेलन हुँदै आएको छ।
सम्मेलनमा केही वर्षयता प्रहरी अधिकारीहरुको नियमित सहभागिता हुँदै आएको छ। तर, सरकारले नै यस वर्ष महानिरीक्षकको भ्रमण रोकेको हाे ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमण सम्बन्ध प्रस्ताव अस्वीकृत गरेको हो। प्रहरी महानिरीक्षकले विदेश भ्रमण गर्न सरकारबाट स्वीकृत हुनुपर्छ। चिलीमा १६ अक्टोबरदेखि हुन लागेको सम्मेलनमा भने महानिरीक्षक खनाल जाने सम्भावना रहेको छ।