इण्डोनेसियामा शक्तिशाली भूकम्प, क्षति विवरण आउन बाँकी

पूर्वी इण्डोनेसियामा आज बिहान ६.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । सो भूकम्प मालुकु प्रान्तमा बिहान ८ बजेर ४६ मिनेटमा गएको हो ।

अहिले नै त्यहाँ जनधनको क्षति भएको विवरण आइसकेको छैन । भूकम्प निकै शक्तिशाली महसुस गरिएको स्थानीयले बताएका छन् ।



सर्वसाधारण घरबाट निस्केर भागाभाग गरेका थिए । सो भूकम्पबाट सुनामीको खतरा भने नरहेकोले शान्त हुन स्थानीय अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार