विनिता आमा बन्दै, सार्वजनिक गरिन् ‘बेबी बम्प’

चलचित्र ‘चपली हाइट’ अभिनेत्री विनिता बरालले ‘सरप्राइज’ भन्दै आफू गर्भवती भएका तस्वीर सार्वजनिक गरेकी छिन् । ४ महिनाअघि आफ्ना प्रेमी तिलक पौडेलसँग बिहे गरेकी विनिताले सामामाजिक सञ्जालमार्फत खुशी साटेकी हुन् ।

तस्बीरमा आफ्नो बेबी बम्प शेयर गर्दै विनिताले लेखेकी छिन्, ‘सप्रराइज, सप्रराइज लिटिल विनिता वन बोर्ड ।’



पति तिलक पौडेललाई समेत ट्याग गर्दै गरेको पोस्टमा विनिताका प्रशंसकले बधाई दिएका छन् ।

पाँच वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट’ बाट राम्रो प्रतिक्रिया पाए पनि विनिता नेपाली फिल्म उद्योगमा खासै जम्न सकिनन् ।

यद्यपि उनी उक्त फिल्ममा दिएको बोल्ड सिनका कारण चर्चामा आएकी थिइन् । अन्य फिल्म खासै सफल नभएपछि कृषि पढ्न भन्दै विनिता अमेरिका हानिएकी थिइन् ।

अमेरिकामा बस्दै आएका तिलक पौडेलसँग उनले ४ महिनाअघि बिहे गरेकी थिइन् । लामो समय प्रेममा रहेका तिलक र विनिताले आफ्नो प्रेमलाई बिहेमा बदलेका थिए ।

सम्बन्धित समाचार