विश्व मुटु दिवस; मुटु रोग हुन नदिनका लागि ध्यान दिनुपर्ने ५ मूल मन्त्रहरु

मुटुरोगका कारणबाट प्रत्येक वर्ष लाखौ मानिसहरुको ज्यान जाने गरेको छ। पछिल्लो समय मुटुरोगबाट के युवा के बृद्ध सबै ग्रसित हुन थालेका छन। यसरी दिनप्रतिदिन मुटुरोगीको संख्या बढ्दै जानुको मुख्य कारण गलत खानपान र जीवनशैली नै हो। यसै सन्दर्भमा आज हामी मुटु रोग लाग्न नदिन अपनाउनु पर्ने ५ मूल मन्त्रको बारेमा कुरा गर्न जादैछौं ।

नियमित व्यायाम



हृदयघातबाट बच्नका लागि सर्वप्रथम नियमित व्यायाम र कसरतमा ध्यान दिनु आवश्यक छ। नियमितको शारीरिक कसरतले मुटु रोग लाग्ने सम्भावना न्यून हुन्छ। यसका लागि दैनिक १५ मिनेट व्यायाम गर्नु आवश्यक छ। यसका लागि हरेक दिन हिड्नु पनि मुटुका लागि फाइदाजनक रहेको छ।

मसलेदार खानाको सेवन कम गर्ने

अत्याधिक तेल मिसाईएको या मसलेदार खानेकुरा स्वास्थ्यका लागि संगसंगै मुटुका लागि पनि हानिकारक रहेको छ। त्यसैले मुटु स्वस्थ राख्नका लागि यस्ता खालका खानेकुराको सेवन सकेसम्म कम गर्नु पर्छ।

मानसिक तनाव

हृदयघात हुने अर्को मुख्य कारणमध्येको एक हो मानसिक तनाव या डिप्रेसन। यसका लागि दैनिक रुपमा योग, ध्यान गर्नाले मानसिक तनावबाट मुक्त हुनका साथ साथै मुटुलाई पनि स्वस्थ राख्न सकिन्छ।

रक्तचाप नियन्त्रण

मुटुरोगबाट बच्नका लागि रक्तचापलाई नियन्त्रणमा राख्नु अति नै आवश्यक छ। सामान्यतया उच्च रक्तचापका समस्या भएकाहरुमा हृदयघातको सम्भावना बढी हुन्छ।

माछाको सेवन

माछामा पाइने ओमेगा ३ फ्याटि एसिड आँखाका लागि मात्र नभई मुटुका लागि पनि फाइदाजनक रहेको छ। कम्तिमा पनि हप्तामा एकपटक डाईटमा माछाको सेवन गर्नाले हृदयघात हुने सम्भावना कम हुन्छ।

सम्बन्धित समाचार