आखिर सलमानको विवाह भएकै हो त ? अदालत पुग्यो यो तस्विर !

बलिउड अभिनेता सलमान खानको कामका साथसाथै व्यक्तिगत जीवनलाई लिएर पनि बेलाबखतमा चर्चा हुने गरेको छ। अझ भन्ने हो भने उनको विवाहको विषयलाई लिएर उनका फ्यानहरु उत्साहित हुने गरेका छन। तर हालै मात्र सलमानको विवाहको एक तस्विर सामाजिक संजालमा भाइरल भईरहेको छ, जसलाई पत्याउन त्यति सजिलो त छैन । यद्धपि उनको यो तस्विर छत्तीसगढ़को बिलासपुर अदालत पुगेको छ।

मिडिया रिपोर्टसका अनुसार बिलासपुर जिल्लाको बैकुण्ठपुर बस्ने बसंतलालले देवरा भैयाथान सूरजपुरमा बस्ने रानीसंग विवाह गरेका थिए। बसंतलाल एसईसीएलमा जागिरे थिए तर उनले सन् २०१४ मा पासो लगाएर आत्महत्या गरे पछि उनका परिवारले रानीलाई आफ्नो बुहारी मान्न तयार भएन।



रानीका माइती पक्षले उनलाई बसन्तको उक्त जागिरमा संलग्न हुन नदिनका लागि यो सब फंडा अपनाएको हुन सक्ने बताईएको छ। विवाहको तस्विर देखेर अदालतका जज र वकिल पनि आश्चर्यमा परेका छन। जहाँ रानीको विवाह सलमानसंग भएको देखिएको छ।

यो तस्विर रानीका परिवारपक्षले फोटोसपको प्रयोग गरि तयार गरेको जस्तो देखिएको भएता पनि अदालतले फैसला रानीको पक्षमा गरेको छ । हाल रानीका परिवारले यो केशलाई प्रमाणित गर्नका लागि उच्च अदालतमा अपिल गरेको छ। यद्दपी यस घटनाका बारेमा हाल अनुसन्धान भईरहेको छ।

सम्बन्धित समाचार