नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असाेज ।
के तपाई यस वर्षको चाडपर्वमा नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ ? त्यसो हो भने भर्जिन मोबाइल तपाईको सही गन्तव्य बन्न सक्नेछ ।
वडादशैं, दिपावली र छड पर्वलाई लक्षित गर्दै भर्जिन मोबाइलले आफना गा्रहकका लागि विभिन्न स्कीमहरू उपलब्ध गराएको छ । भर्जिन मोबाइलबाट मोबाइल खरिदकर्ताहरूको लागि स्क्र्याच कुपन, दुई लाखसम्मको लक्की ड्र, हातखाली नजाने उपहारहरू तथा नेष्ट कफीको तर्फबाट गिफ्ट ह्याम्परलगायतका विभिन्न उपहारहरू राखिएको जानकारी गराइएको छ ।
काठमाडौं न्युरोडस्थित ताम्राकार हाउस र जाउलाखेल चोकमा रहेको भर्जिन मोबाइल विगत ११ वर्षदेखि ग्राहकको पहिलो रोजाइमा परेको छ । विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका मोबाइलहरू बिक्री गर्दै आएको भर्जिन मोवाइलले १००५ जेन्युन, ग्यारेन्टी भएका र सिलप्याक मोवाइलहरू मात्र बिक्री गरिरहेको छ ।
आरम्भदेखि नै गुणस्तरीय र जेन्युन मोबाइल मात्र बेच्ने गरेकोले ग्राहकको रोजाइमा पहिलो हुन पुगेको भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्माको ठहर छ । उनी थप्छन् ‘ग्राहक सन्तुष्टिलाई नै आफ्नो सन्तुष्टि मान्ने गरेकोले नै एकपल्ट भर्जिनसँग सम्पर्कमा आएका ग्राहकहरू पुनः फर्केर आउने गरेका छन् ।’