शोलेका ‘कालिया’ विजू खोटेको निधन

बलिवुडको चर्चित फिल्म शोलेमा ‘कालिया’ को भूमिका निभाएका अभिनेता विजू खोटेको निधन भएको छ ।

७८ बर्षिय अभिनेता खोटेको सोमबार बिहान मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समय देखि बिरामी रहेको बताइएको छ ।



सन् १९७५ मा रिलिज भएको फिल्म शोलेमा ‘कालिया’ को भूमिका पछि उनी निकै चर्चित भएका थिए । उनलाई अहिलेसम्म पनि सोहि ‘कालिया’ को नामले चिनिन्थ्यो ।

अभिनेता खोटे बलिवुडका अलावा मराठी फिल्मका पनि ठुला अभिनेता मानिन्छन् । खोटेले सन् १९६४ मा फिल्मी क्षेत्रमा आफ्नो क्यारियर शुरु गरेका थिए । शोलेका अलवा फिल्म अन्दाज अपना अपनामा ‘रोबर्ट’ नामको भूमिका उनको चर्चित भूमिका थियो ।

त्यस्तै गोलमाल-३ मा पनि उनले अभिनय गरेका थिए । आफ्नो क्यारियरमा ३ सय भन्दा बढी फिल्ममा अभिनय गरेका खोटे थियटरमा पनि उत्तिकै सक्रिय थिए ।

सम्बन्धित समाचार