पहिलो पटक डेटिंग जाँदै हुनुन्छ भने यी ५ कामहरु गर्दै नगर्नुस !

पहिलो पटक डेटिंग जादै हुनुन्छ भने यी ५ कामहरु गर्दै नगर्नुस स् आफुलाई मन परेको मान्छेलार्इ पाउनको लागि आजकल प्रेमी प्रेमिकाहरुले नगरेको केही हुँदैन १ मन परेको मानिसलाई पाउनको लागि जे गर्न पनि राजी हुन्छन् । एक अर्काप्रति कसरी आकर्षित हुने भन्ने बारेमा सकेसम्मको मरिहत्ते गर्छन । तर यसरी गरेको मेहेनत कहिलेकाहीं खेर जाने गर्दछ । आकर्षित गर्ने मामिलामा पुरुष भन्दा महिलाहरु अगाडी छन्, मन परेको पुरुष लाइ पाउन को लागि अनेकौ जुक्ति लगाउछन् ।

तर आकर्षित गर्ने नाममा अपनाइएका उपायहरु कहिलेकाहिं फेल खान्छ र ती पुरुषहरु महिलाबाट तर्किने गर्दछन् । तसर्थ हामी केही टिप्स मार्फत जानकारी दिँदैछौ, महिलाले पुरुष आर्कषित गर्न यी काम गरे पुरुषले मन पराउँदैनन् । अझ पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ भने त यी कामहरु भुलेर पनि नगर्नुहोस् ।



१. धेरै मेकअप नगर्नुस् :

आफुलाई मन परेको पुरुष आर्कषित गर्ने नाममा केही महिला धेरै मेकअप गर्दछन् । तर अधिकांश पुरुषलाई धेरै मेकअप गर्ने महिला फिटिक्कै मन पर्दैन । तसर्थ मन परेको कुनै पुरुष आकर्षित गर्ने चाहनामा हुनुहुन्छ भने सकेसम्म कम मात्रामा मेकअप गर्नुहोस् । गाजल, लिपस्टिक र हल्का पाउडर मात्र लगाएर डेटमा गए सबैभन्दा उत्तम हुन्छ ।

२. डेटमा पुग्न ढिला नर्गनुस् : 

केही महिला, पुरुषलाई कुराउनु पर्दछ भन्ने मानसिकता राख्दछन् । यसो गर्दा भेट्न आएको पुरुष आफुभन्दा पनि भेट्न आतुर छ भनेर देखाउने मनसाय हुन्छ । तर कुनै पनि पुरुषमा पर्खने वा धैर्य गर्ने क्षमता महिलामा भन्दा कम हुन्छ । तसर्थ यदि उनिहरुले तपाईलाई पर्खनु पर्यो भने ती पुरुष अर्को भेटका लागी राजी नहुन सक्छन् । हुनत कसैले कसैलाई पर्खाउनु राम्रो होइन ।

३. भोकै नबस्नुहोस् : 

फिगर मेनटेनको नाममा केहि महिलाहरु पुरुषसंगको डेटमा सकेसम्म केही नखाने वा भोको बस्ने गर्दछन् । तर भोको बस्ने महिला पुरुषलाई खासै मन पर्दैन । अझ यसो गरेमा तपाईलाई भेट्न आएको पुरुष समेत भोको बस्न बाध्य हुन्छ । केही सिमित पुरुष बाहेक अन्य पुरुषहरु महिलाको फिगरमा भन्दा उनको सोच र व्यवहारले प्रभावित हुने गर्दछन् ।

४. छोटा पहिरन नलगाउनुस् : 

छोटो पहिरन महिलाको आफ्नो स्वतन्त्रताको विषय हो । तर कोहि पनि पुरुष आफ्नो प्रेमिकालाई छोटो पहिरनमा भेट्न चाहादैनन् । क्षणिक अवधिका लागी शरीरको भोको रहेका पुरुषले तपाईलाई छोटो पहिरनमा भेटे वा राम्रो देखिएको भने पनि कालन्तरमा उनीहरुले यही बिषयले तपाईलाई छाड्न सक्छन् । तसर्थ सुन्दर देखिने नाममा छोटो पहिरन लगाएर जानु मुर्खता साबित हुनेछ ।

५. बनावटी कुरा नगर्नुहोस् :

अरुको नक्कल गर्ने तथा बनावटी कुरा गर्ने महिला पुरुषहरुलाई मन पर्दैन । उनीहरु सिम्पल, साधारण तथा नम्र बोली व्यवहारलाई मन पराउँछन् । त्यसैले तपाईं आफु जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोला । तर पुरुषलाई आकर्षित गर्ने नाममा आफ्नो दुःख, वेदना सुनाई हाल्नु हुँदैन । यसले तपाई प्रति दया जगाउन सक्छ माया होइन ।

सम्बन्धित समाचार