आकाशमा उडिरहेको विमानको टायर पड्किएपछि आकस्मिक अवतरण गराइएको छ ।
क्वान्टस एयरवेजको ‘क्युएफ २५१२’ विमान आइतबार अस्ट्रेलियाको ब्रिसबेनबाट उडान भरेको थियो । उडान भर्नासाथ पछिल्लो भागको बायाँतर्फको एउटा टायर पड्किएको थियो ।
विमानका ६ मध्ये पाँचवटा टायरका भरमा अवतरण गराउन जोखिम हुने भएपछि करिब डेढ घण्टासम्म विमानस्थलभन्दा केही परको आकाशमा विमानले फन्को मार्दै इन्धन रित्याएको थियो ।
अवतरणका लागिमात्र चाहिने इन्धन बाँकी रहेपछि विमानलाई विमानस्थलमा अवतरण गरेको थियो । विमान सकुशल अवतरण गरेको बताइएको छ । उक्त विमानमा ७६ जना सवार थिए ।