ऋतिक रोशनका बारेमा प्रश्न सोध्दा कंगनाको यस्तो जवाफ

कंगना रनावतको बलिउड जगतमा चर्चा भइरहन्छ । कंगना र ऋतिक रोशनको विवाद पनि चर्चामा रहिरहने गर्छ ।

हालै एक अन्तर्वार्तामा कंगनालाई सोधियो – यदि तपाईं ऋतिक रोशन हुनुभयो भने सबैभन्दा पहिले के गर्नुहुन्थ्योरु



यसको जवाफ दिनुभन्दा पहिले कंगना केही समयका लागि चुप रहिन् । त्यसपछि उनले जवाफ दिँदै भनिन् – भन्थेँ कि, कृपया मलाई माफ गरिदिनुस् ।

उनलाई फेरि अर्को प्रश्न सोधियो – यदि तपाईं एक दिनका लागि सलमान खान बन्नुहुन्थ्यो भनेरु

उक्त सवालमा कंगनाले भनिन् – म मिडियावालाको कानमा समाउँथे । किनकि सलमान खानले यसो गर्दा मिडियालाई कुनै समस्या हुँदैन । तर, मैले गरेँ भने दुखी हुन्छन् ।

कंगना र ऋतिक रोशनको विवाद पुरानो भइसकेको छ । कंगनाले कुनै न कुनै बहानामा ऋतिकमाथि आरोप लगाइरहेकी हुन्छिन् ।

सम्बन्धित समाचार