हस्त तामाङको ‘खुसी लाग्यो’ सार्वजनिक

नेपाली आधुनिक गीत ‘खुसी लाग्यो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । हस्त तामाङ र अञ्जु लामाको स्वर रहेको गीतलाई हस्त तामाङ स्वयंले लेख्ने र संगीत भर्ने काम गरेका हुन् । गीतको भिडियोमा पूर्ण लिम्बु र पायल मोक्तान फिचर्ड छन् ।

विरेन तितुनको निर्देशन रहेको गीतको भिडियोलाई बिनोन याक्खाले सम्पादन तथा छायांकन गरेका हुन् । गीतको छायांकन ललितपूरको बिभिन्न मनोरम स्थानहरुमा गरिएको थियो ।



सुनौलो क्रियशनको व्यानरमा निर्माण भएको गीतको भिडियो हस्त तामाङ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले माया प्रेम र समर्पणको कथा भन्छ ।

 

 

सम्बन्धित समाचार