ऋतिक रोशन र टाइगर श्राफको ‘वार’ ले तोड्यो बलिउडका धेरै कीर्तिमान, कति गर्यो पहिलाे दिन व्यापार ?

यो वर्षको बडादशैंलाई लक्षित गर्दै प्रदर्शनमा आएको ऋतिक रोशन र टाइगर श्राफ अभिनित ‘वार’ ले बलिउडका धेरै कीर्तिमान तोडेको छ ।

एक्सन प्रधान फिल्म ‘वार’ गान्धी जयन्तीको बिदाका दिन बुधबार एकसाथ चार हजार स्क्रिनमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन ५३.३५ करोडको व्यापार गरेको फिल्म एनालिस्ट तरन आदर्शले जनाएका छन् । जुन बलिउडको पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने फिल्म हो । ‘वार’ ले हिन्दीमा ५१.६० करोड र तामिल तथा तेलगुमा १.७५ करोडको व्यापार गरेको छ ।



‘वार’ यस वर्षकै बहुप्रतीक्षित फिल्म मानिएको थियो । एक्सन र डान्समा पोख्त ऋतिक रोशन र टाइगर श्राफको केमेस्ट्रीले बलिउडमा नौलो कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको थियो । समीक्षकहरूले पनि ‘वार’ ब्लकबस्टर हुने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार