‘आमा’ को फस्टलुक सार्वजनिक

चलचित्र ‘आमा’ को फस्टलुक सार्वजनिक भएको छ । पशुपति प्रसाद, चपली हाइट, टलकजंग भर्सेस टुल्के जस्ता चलचित्र निर्देशन गरेका दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार ‘आमा’ मा सूर्यमाला खनालको मुख्य भूमिका छ ।

चलचित्रको फस्टलुकमा भने नायिका सुरक्षा पन्तले कपाल मुण्डन गरेको तस्वर राखिएको छ । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य कलाकारहरु मिथिला शर्मा र सुरक्षा पन्त देखिएका छन् ।



सार्वजनिक पोस्टरले सुरक्षाले सामाजिक संस्कृतिलाई हटाउँदै आफैले आमाको लागि कपाल मुण्डन गरेको अनुमान गर्न सकिन्छ । फिल्म आउँदो फागुन ९ मा रिलिज हुँदैछ । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा आमा र छोरीको कथालाई उठान गर्नेछ । चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ ।

सम्बन्धित समाचार