यस्तो भयो कलाकारको टीका (भिडियोसहित)

नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि दशैंलाई रमाइलो गरी मनाएका छन् । धेरै कलाकारहरुले टिकाको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् ।

अभिनेता राजेश हमालले विजया दशमीको दिन टीका लगाउन पाएनन् । त्यस दिन आफ्नो आमाको श्राद्ध पर्ने भएकाले टिकाको दोस्रो दिन टीका लगाए । उनले आफ्नो श्रीमती मधु भट्टराईसँगै टीका लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।



अभिनेता अनमोल केसीले आफ्नो बुबा भुवन केसीको हातबाट टीका लगाएका छन् । अनमोल र भुवनले काठमाडौंमा नै दशैं मनाएका हुन् ।

त्यस्तै नायक निखिल उप्रेती र नायिका सञ्चिता लुईटेलले पनि काठमाडौंमा नै रहेर दशैं मनाएका छन् । नायिका वर्षा राउत र नायक संजोग कोइरालाको जोडीले पनि परिवारिक जमघटमा दशैं मनाएका छन् ।

निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईको जोडीले भने सिन्धुली पुगेर दशैंको टीका लगाएको छ । दिवाकरको पुख्र्यौली घरमा पुगेर उनीहरुले टीका लगाएका हुन् ।

नायिका ऋचा शर्माले काठमाडौंमा नै टीका लगाइन् । आमा र हजुरआमाको हातबाट टीका लगाएर उनले दशैं मनाएकी छिन् ।

 

 

सम्बन्धित समाचार