बागी ३ मा ४ सय कारका साथ ४५ गुण्डासँग लड्नेछन् टाइगर श्राफ

बागी, बागी २ र वार जस्ता फिल्मपछि टाइगर श्राफको इमेज एक्सन हिरोको बनेको छ । दर्शकले उनको फिल्ममा एक्सन दृश्यको प्रतीक्षा गर्न थालेका छन् ।

टाइगरको फिल्ममा एक्सनको स्तर झन् बलियो बन्दै गएको छ । एक्सन निर्देशकको दिमाग टाइगरलाई कसरी अझै फरक खालको भूमिकामा देखाउन सकिन्छ भन्ने हुन्छ किनकि टाइगरले जस्तोसुकै स्टन्ट पनि दिन तयार हुन्छन् ।



हालै ‘वार’ को सफलताले उत्साहित टाइगर श्राफ ‘बागी ३’ को शुटिङमा व्यस्त छन् जसमा श्रद्धा कपूर लिड रोलमा छन् ।

भारतीय मिडियाका अनुसार टाइगरले उक्त फिल्ममा एक यस्तो दृश्य दिँदैछन्, जसलाई देखेर दर्शक चकित पर्नेछन् । राम लक्ष्मण र अहमद नामक एक्सन निर्देशकहरुले उक्त एक्सन सटलाई कोरियोग्राफी गरिरहेका छन् । भनिएको छ, ती दृश्यहरुलाई ४ सय कारका साथ टाइगरलाई ४५ गुण्डासँग लड्दै गरेको देखिनेछ ।

फिल्मका ती दृश्यमा गुण्डासँगै कार पनि पिच्काइदिएको हेर्न सकिनेछ । यी दृश्यलाई फिल्म युनिटले प्रचारको माध्यम बनाउने सोच पनि बनाएको छ । फिल्मप्रति दर्शकको तीव्र प्रतीक्षा छ ।

सम्बन्धित समाचार