शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी भतीजी दमयन्ती मोदी चोरीको शिकार भएकी छिन् । सिविल लाइन्स क्षेत्रमा एक स्कुटरमा आएका चोरले उनको पर्स खोसेर फरार भएका थिए ।
दमयन्दी मोदीको पर्समा ५६ हजार भारु नगदका साथै प्यान कार्डका र पहिचान पत्र रहेको बताइएको छ । दमयन्ती भारतका प्रधानमन्त्री नरेन्दै मोदीका भाई प्रहलाद मोदीकी छोरी हुन् । यो भन्दा पहिले पनि दमयन्तीका पिता र नरेन्द्र मोदीका भाई प्रहलाद मोदीको पनि दिल्लीमा चोरी भएको खबर सामुन्य आएको थियो ।
दमयन्ती आफ्ना श्रीमान र दुई छोरीका साथ सुरतमा बस्छिन् । घटनाको समयमा दयमन्ती आफ्नो पति र छोरीका साथ अमृतसरबाट दिल्ली फर्किएकी थिइन् । उनी शनिबार साँझ चार बजे गुजरात जादै थिइन् । त्यही समयमा उनले बीचमा आरामको लागि सिविल लाइन्स इलाकाको गुजराती समाज भवनमा कोठा बुक गरेकी थिइन् । उनी आफ्नो सामान झारीरहेको बेलामा स्कूटीमा आएका दुई अज्ञात व्यक्तिले उनको पर्स खोसेर भागेका थिए ।