टि-ट्वान्टी बरियतामा नेपालको सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४औं स्थानमा उक्लिएको हो ।

यसअघि आइसिसी बरियतामा नेपाल १५औं स्थानमा थियो । नयाँ बरियताअनुसार नेपालले १७ खेलबाट १२८ रेटिङ पाएको छ । नयाँ बरियतामा अष्ट्रेलिया पहिलो, इङ्ग्ल्याण्ड दोस्रो तथा न्युजिल्याण्ड, वेष्ट इण्डिज र भारत क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।



आइसिसीको टि–ट्वान्टी महिला खेलाडीको बरियतामा नेपालकी सीता राना मगर र नेरी थापा समावेश भएका छन् । नेपालकी उपकप्तान सीता अलराउण्डरतर्फ ५८औं स्थानमा अटाएकी छन् भने ब्याटिङतर्फ उनी ८३औं स्थान रहेकी छिन् । बलिङतर्फ पूर्व कप्तान थापा ९२औं स्थानमा रहेकी छन् ।

सम्बन्धित समाचार