जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको टिभिएस दुई पाङग्रे सवारी साधनले अग्रणी म्यासेन्जिंग एप्लिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढी उत्साह थप्न शुरु गरिएको हो । यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टिकर बजारबाट टिभिएस बाइकर्स मेनिया स्टिकर प्याक डाउनलोड गर्नुपर्दछ । विजेताहरु लक्की ड्रमार्फत चयन गरिनेछ र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरूप टिभिएस जुपिटर क्लासिक प्राप्त गर्नेछन् । यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ ।
यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इञ्जिन भएको प्रतिघण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको सार्प र क्लासिक स्टाइललाई मूर्त रूप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासिक स्कुटर हो । टिभिएस जुपिटर क्लासिकको सिटको उचाइ ७६५ एमएम रहेको छ, जसले सबै उचाइका चालकहरूलाई सहजता सुनिश्चित गर्दछ ।
अभियान आरम्भको अवसरमा जगदम्बा मोटर्स प्रा।लि।का एमडी शाहिल अग्रवालले भने ‘हामी सदैव हाम्रा ग्राहकहरूलाई अतिरिक्त लाभ प्रदान गर्न नयाँ तथा नवीनतम योजना ल्याइरहेका छौं, जुन हाम्रो बिक्रीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएको छ । हामीलाई विश्वास छ कि यो प्रयासलाई सबैले प्रशंसा गर्नेछन् र हामीले अत्याधिक प्रतिक्रियाहरू प्राप्त गर्नेछौं ।’
अनुभव नायर, सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट, एपीएसी, राकुटेन भाइवरले भने ‘हामी यो चाडपर्व अफरमार्फत नेपाली प्रयोगकर्तालाई थप खुशी प्रदान गर्न टिभिएससँग फेरि काम गर्न पाउँदा निकै प्रशन्न छौं । नेपाल राकुटेन भाइवरका लागि निकै महत्वपूर्ण बजार हो र हामी हाम्रा प्रयोगकर्ताका लागि थप मूल्यवान बनाउन सधै खुसी छौं ।’
टिभिएस मोटर कम्पनी, ८.५ बिलियन अमेरिकी डलर भएको टिभिएस ग्रुपको फ्ल्यागसिप संगठन अन्तर्गतको एक प्रतिष्ठित दुई पाङग्रे र तीन पाङग्रे सवारी निर्माता हो । विगत सय वर्षदेखिको ग्राहकहरुको विश्वास, मूल्य र प्यासनको साथ टिभिएस मोटर्स कम्पनी अविभाजित ग्राहक अनुभवका लागि नवीनतम र उच्च स्तरीय गुणस्तर प्रदान गर्न सफल भएको छ ।