हेमा मालिनीका तीन दिवाना, धर्मेन्द्रले कसरी सबैलाई मात दिएका थिए ?

बलिवुडको चर्चित फिल्म शोलेका कैयौ किस्सा चर्चित रहेका छन् । अहिलेसम्मकै सबैभन्दा सफल फिल्म मानिने शोले फिल्म शुटिंग हुँदा अभिनेत्री हेमा मालिनीको प्रेम प्रसंग निकै चर्चित रहेको छ ।

शोले फिल्ममा अभिनेत्री हेमा मालिनी र अभिनेता संजिव कुमारको कुनै पनि सिन एकसाथ रहेको छैन । यसको पछाडी खास कारण रहेको छ ।



शोले फिल्म शुटिंगका क्रममा हेमाको पछाडी तीन अभिनेता लागेका थिए । जसमा शोलेमै अभिनय गरेका अभिनेता संजिव कुमार, धर्मेन्द्र र अर्का अभिनेता जितेन्द्र ।

संजिव कुमारले हेमालाई अति नै मन पराउथे । त्यति बेला संजीव र हेमाको अफ्येर्सको चर्चा समेत चलेको थियो । संजीव कुमारले हेमा मालिनीसँग विवाह गर्न उनकी आमासँग समेत गएका थिए । तर हेमाकी आमाले हेमाका लागि आफ्नै जातको केटा हुनुपर्ने शर्त राखेको र त्यस्तो केटा हेरिसकेको जवाफ दिएकी थिइन् । जब हेमाले यो कुरा थाहा पाइन् तब हेमाले घरमा विद्रोह गर्ने तयारी गरीन् । तर हेमाकी आमाले संजीवकुमारको चरित्रका बारेमा केहि यस्ता कुरा बताइन जसले हेमा चुप लागिन । तर संजीव कुमारले भने हिम्मत हारेनन् र आफ्ना साथी जितेन्द्रको माध्यमबाट हेमालाई प्रेम पत्र पठाए । तर जब जितेन्द्रले हेमालाई भेटे तब जितेन्द्रले संजीवको प्रेम पत्रमा आफ्नो नाम राखेर हेमालाई दिए ।

संजीवसँग पिछा छुडाउन हेमाकी आमाले उनको हेरचाह गर्न विवाहित र पिता बनिसकेका धर्मेन्द्रलाई अनुरोध गरिन । यसैबीचमा धर्मेन्द्रले हेमा माथि आफ्नो अधिकार जमाउन थाले, जसबाट हेमा र उनकी आमा समेत मुश्किलमा पर्न थाले । यसै क्रममा जितेन्द्रले हेमासँग विवाहको प्रस्ताव राखे । संजीव र धर्मेन्द्रसँग पिछा छोडाउन जितेन्द्रसँग विवाह गर्न हेमा राजी भइन । भनिन्छ जितेन्द्र पण्डित र जन्ती लिएर हेमाको घर गएका थिए । धर्मेन्द्रले यो कुरा थाहा पाएपछि उनी पनि हेमाको घरमा गए । सोहि बेला जितेन्द्रसँग इन्गेजमेन्ट भएकी शोभा पनि हेमाको घरमा पुगिन । यसरी हेमा र जितेन्द्रको विवाह नहुँदै टुट्यो ।

जितेन्द्रसँगको विवाह टुटेपछि संजीव कुमारले फेरी हेमाको पिछा गर्न थाले । शोलेको सेटमै संजीवले हेमालाई प्रपोज गरेका थिए । संजीवकुमारको यस्तो व्यव्हारबाट धर्मेन्द्र रिसाए र उनले फिल्मका निर्देशक रमेस सिप्पीलाई हेमा र संजीवको कुनै पनि सीन नराख्न आग्रह गरे । यसै समयमा धर्मेन्द्रले हेमालाई आफ्नो प्रेम प्रस्ताव राखे । त्यति बेलाको धर्म्नेद्रको स्टारडम र उनको स्वभावबाट प्रभावित हेमाले धर्मेन्द्रको प्रस्ताव स्वीकार गरीन र उनीहरु दुवैको विवाह भयो ।

सम्बन्धित समाचार