नेपालमै बसेर गोर्खाली सेनामा भर्ती भए ‘मिस्टर वीन’का छोरा

विश्व चलचित्रजगतमा ‘मिस्टर वीन’ उपनामले चर्चित हास्यकलाकार रोवान एटकिन्सनका छोरा बेन एटकिन्सन बेलायती गोर्खा सैनिकमा भर्ती भएका छन् । गोर्खाली सेनामा भर्नाको प्रक्रिया पूरा गर्न बेनले तीन महीनाजति नेपालमा बिताएका थिए ।

२६ वर्षीय बेनले नेपालमा १० साताजति भर्ना प्रक्रिया, नेपाली संस्कृति र भाषाको अध्ययन गरेको पनि बताइएको छ । गोर्खाली सेनाका लागि नेपाली संस्कृति पनि जान्न जरुरी भएको भन्दै उनी नेपाल आएको बताइएको छ ।



बेलायती पत्रिका डेली मेलका अनुसार, बुबा रोवानजस्तै देखिने बेन स्थानीय युवतीहरू रिझाउन पनि अभिलाषी देखिन्थे । गोर्खा ब्रिगेड एशोसिएसनको न्यूजलेटर उद्धृत गर्दै पत्रिकाले बेनले अचम्मै पार्ने हिसाबले नेपाली भाषा छिट्टै सिकेको बताएको छ ।

‘सायद उनले यसअघि नै अरेबिक र स्पेनिश भाषा सिकेकाले पनि हुनुपर्छ, नेपाली बोलिचालिका भाषा उनले छिट्टै टिपे”, पत्रिकाले लेखेको छ । भाषासँगै बेनले नेपाली लोक गीत र लोक नृत्य पनि सिकेको बताइएको छ । त्यसमा पनि ‘उड्यो, बस्यो’ स्टेपका लोकनृत्यमा उनले चाँडै पछ्याएका थिए । बेन रोवान र सुनेत्रा शास्त्रीका छोरा हुन् ।

रोवान एटकिन्सन ‘मिस्ष्टर बीन’ र उनकी पूर्वपत्नी सुनेत्रा शास्त्री ।

सम्बन्धित समाचार