दक्षिण अमेरिकी देश चिलीको राजधानी स्यान्टियागोमा शुक्रबारदेखि मेट्रो भाडा बढेको विषयमा भएको प्रदर्शनले हिंस्रक रूप लिँदा ४१ सब वे ध्वस्त भएका छन् भने ३ सय ८ जना प्रदर्शनकारी गिरफ्तार भएका छन् । यसअघि नै चिलीमा राष्ट्रपतिले संकटकाल घोषणा गरेर राज्यको सुरक्षा जिम्मेवारी सेनाको हातमा सुम्पिदिएका छन् ।
चिलीको राजधानी स्यान्टियागोको भूमिगत मेट्रो सेवा दक्षिण अमेरिकाकै उत्कृष्टभित्र पर्दछ । जसमा १ सय ४० किलोमिटर ९८६ माइल० लामो ट्रयाक र १ सय ३६ स्टेसन छन् ।
राष्ट्रपतिले देशमा अव्यवस्था फैलाएकामा प्रदर्शनकारीको निन्दा गरेका छन् । उनले एक रेडियोलाई दिएको अन्तर्वार्तामा राज्यका सम्पत्तिमाथि नोक्सान पुर्याउने काम विरोध नभई अपराधको श्रेणीमा पर्ने बताएका छन् । एजेन्सी