ऋतिक र टाइगरको ‘वार’ ३०० करोड नजिक

ऋतिक रोशन र टाइगर श्राफको चलचित्र ‘वार’ले भारतीय बक्सअफिसमा तहल्का मच्चाइरहेको छ। चलचित्रको व्यापार ३०० करोड नजिक पुगेको छ।

बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गर्दै चलचित्रले आइतबार ३०० करोडको व्यापार पूरा गर्ने बताएका छन्। उनका अनुसार चलचित्रले शनिबारसम्म २ सय ९५ करोड ७५ लाखको व्यापार गरेको छ।



‘वार’ले भारतीय बक्सअफिसमा शाहिद कपूरको सुपरहिट चलचित्र ‘कबिर सिंह’को व्यापारसमेत उछिनेको छ। ‘कबिर सिंह’लाई उछिनेसँगै ‘वार’ २०१९ मा सर्वाधिक कमाई गर्ने बलिउड चलचित्रको पहिलो नम्बरमा उक्लिएको छ।

२०१९ मा प्रदर्शनमा आएका चलचित्रमध्ये सबैभन्दा धेरै कमाउने चलचित्रको सूचीमा ‘वार’ पहिलो नम्बरमा छ भने शाहिद कपूरको ‘कबिर सिंह’ दोस्रो, विक्की कौशलको ‘उरी’ तेस्रो, सलमान खानको ‘भारत’ चौथो र अक्षय कुमारको ‘मिशन मंगल’ पाँचौ स्थानमा रहेको छ।

सम्बन्धित समाचार