थाइ राजाले खोसे श्रीमतीको शाही उपाधि

थाइल्याण्डका राजाले आफ्नी एक श्रीमतीको शाही उपाधि खोसेका छन्। महावजिरालंगकर्णले आफू राजा बन्नुभन्दा पहिले विवाह गरेका थिए। ती महिलाले विश्वासघात गरेको भन्दै राजाले त्यस्तो निर्णय लिएको जनाइएको छ।

राजा हुनु भन्दा केहि महिना अघि मात्र विवाह गरेकी ती महिला मेजर जेनरल तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षकसमेत हुन्। राजा माहा वाजिरालङकोर्नले गत वैशाखमा आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिडासँग विवाह गरेका थिए।



राजाको यस अघि पनि एक श्रीमतीको शाही पद खोसेका थिए। राजाले जारी गरेको औपचारिक घोषणामा उनी ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ। यही कारणले उनको शाही उपाधि खोसियो।

सम्बन्धित समाचार