दुर्गेशले प्रहरीमा उजुरी नै गर्नुपर्ने खालको कुनै अपराध गरेजस्तो मलाई लाग्दैन – मञ्जु पौडेल, गायिका

सूर्य इन्टरनेशनल अवार्डमा उत्कृष्ट तीन गायिकाको मनोनयनमा पर्नुभएको छ । बधाई छ यहाँलाई ।
धन्यवाद छ यहाँलाई ।

पछिल्लो समय हुने अवार्डहरु विवादरहित कहिल्यै हुँदैनन् । के भन्नुहुन्छ यसमा ?
अवार्डको आयोजना आफैमा राम्रो कुरा हो । यसले गीत संगीत क्षेत्रलाई माथि उठाइरहेको हुन्छ । यस्ता अवार्डहरुले कलाकर्मीहरु माझ उत्साह पैदा गर्ने गर्दछन् ।



अवार्डहरु उत्कृष्टताको आधारमा भन्दा पनि पैसाको चलखेलको आधारमा वितरण हुन्छ भन्ने गरिन्छ, तपाईंको अनुभवमा यस्तो हुन्छ जस्तो लाग्छ ?
जसले पनि आफ्नो अनुभव शेयर गर्ने हो । मेरो हकमा न त मैले अवार्ड किनेको छु, न त बेचेको छु । त्यो भ्रमतिर मलाई नलैजानुस् ।

तिहार आउँदैछ, के छ तपाईंको तिहारको विशेष योजना ?
तिहार मलाई एकदम मनपर्ने चाड हो । मेरा दुईजना भाइहरु छन्, उनीहरुसँग रमाइलो गरेर मनाउँछु ।

तिहार लक्षित तपाईंको कुनै गीत संगीत बजारमा आएन ?
तिहारलाई लक्षित गरेर त आएको छैन तर तिहार लगत्तै पशुपति शर्मा र मेरो आवाजमा एउटा लोकगीत सार्वजनिक गर्ने तयारीमा छु ।

दशैं तिहार जस्ता ठूला चाडवाडहरुमा कलाकारहरु निकै व्यस्त हुने गर्दछन् । कत्तिको बढेको छ तपाईको व्यस्तता?
दशैं तिहार भन्दा पनि प्रायः सँधै नै व्यस्त रहन्छौं । अहिले चलेको बेला भएकोले नै होला धेरै ठाउँबाट कार्यक्रमको लागि अफर आउँछ । त्यसैले मेरो हकमा दशैं तिहारमा मात्र होइन वर्ष भरि नै व्यस्त रहन्छु ।

पछिल्लो समयमा दुर्गेश थापाले गाउनुभएको एउटा गीत विवादमा आयो, त्यसमा तपाईंको धारणा के छ ?
गीतका केही शब्दहरुलाई लिएर विवावदमा आइरहेको छ । यस्तो गीत दुर्गेशले मात्रै गाएको होइन, तपाईंले भिटेनको गीत सुन्नुभएको छ ? त्यो गीत दुर्गेशको भन्दा कैयौं गुणा उच्छृिङ्खल छ, त्यसो भए भिटेनलाई पनि रोक लगाउनुप-यो । त्यो खालका गीतसंगीतलाई मन पराउने पनि एउटा पुस्ता छ । शब्द चयनमा कहीं कहीं चुके होलान् तर प्रहरीमा उजुरी नै गर्नुपर्ने खालको कुनै अपराध उनले गरेजस्तो मलाई लाग्दैन ।

सम्बन्धित समाचार