कपिलले आफ्नो शोमा आउन बिन्ति गर्दा पनि गएनन् यी ५ ठूला स्टार !

बलिउड र भारतीय टेलिभिजन क्षेत्रमा उत्कृष्ट कमेडियनको रुपमा रहेका कपिल शर्मा कमेडी किंगको रुपमा पनि चिनिन्छन्। अहिले कपिल “द कपिल शर्मा शो”बाट दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन्।

यस भन्दा अगाडी कपिलले धेरै कमेडी शोहरु सञ्चालन गरिसकेका छन्। “कमेडी नाइट विथ कपिल”,”द कपिल शर्मा शो पहिलो सिजन” र “द कपिल शर्मा शो दोस्रो सिजन” जस्ता कार्यक्रमहरुको कारण कपिल अत्याधिक चर्चित छन्।



कपिल शर्मा आफ्ना शोहरुमा ठूला–ठूला हस्तीहरु ल्याउँछन्। केही कलाकार कपिलको कार्यक्रममा चलचित्र प्रमोशनको लागि आउँछन् भने कोही कपिलको निमन्त्रणामा। निमन्त्रणा पाएपछि कपिलको कार्यक्रममा जान नचाहने हस्ती कमै छन्। तर केही हस्तीले भने कपिलको निमन्त्रणा अस्विकार गरेका थिए।कपिलको निमन्त्रणा स्वीकार गर्ने ठूला ५ हस्ती निम्न छन्।

महेन्द्र सिंह धोनी

धोनी भारतमा मात्र नभई विश्वभर एक उत्कृष्ट क्रिकेटरको रुपमा परिचित छन्। धोनीको जीवनमा आधारित फिल्म “द अनटोल्ड स्टोरी” को रिलिजको समयमा कपिलले प्रमोशनको लागि धोनीलाई बोलाएका थिए। तर समय नमिलेको भन्दै धोनीले कपिलको कार्यक्रममा सहभागी हुन अस्विकार गरेका थिए।

सुपरस्टार रजनीकान्त

दक्षिण भारतीय चलचित्र क्षेत्र देखि बलिउड सम्म चर्चित रहेका रजनीकान्त फरक स्टाइलको कारण प्रख्यात छन्। रजनीकान्तलाई दक्षिण भारतीय चलचित्र क्षेत्रमा भगवान सरह नै मानिन्छन्। कपिलले रजनीकान्तको एक चलचित्र प्रमोशन गर्ने भनेर रजनीकान्तलाई निमन्त्रणा पठाएका थिए। तर रजनीकान्तले स्वास्थ्यमा समस्या देखाएर कपिलको निमन्त्रणा अस्विकार गरेका थिए।

लता मंगेशकर

८० को दशककी चर्चित नायिका लता मंगेशकरको स्वरमा लट्ठ हुने व्यक्तिहरु विश्वभर कयौं छन्। कपिल शर्मा पनि लता मंगेशकरका ठूलै फ्यान हुन्। त्यहि भएर कपिलले अहिले सम्म कयौ पटक लता मंगेशकरलाई निमन्त्रणा पठाइसकेका छन्। तर अहिले सम्म पनि लताले निमन्त्रणा भने स्वीकार गरेकी छैनन्।

आमिर खान

बलिउडका चर्चित खान मध्ये १ रहेका आमिर खानका आफ्नै तरिका र नियम छन्। अभिनय देखि दैनिकी सम्ममा पनि उनी आफ्नै नियम लागू गर्छन्। कपिलले अहिले सम्म आमिरलाई धेरै पटक निमन्त्रणा पठाइसकेका छन्। तर पनि उनी अहिले सम्म कपिलको कार्यक्रममा गएका छैनन्।

सचिन तेन्दुलकर

क्रिकट जगतमा सबै भन्दा ठूलो नाम हो, सचिन तेन्दुलकर। सचिनको जीवनमा आधारित फिल्म “सचिनस् ए बिलियन ड्रीम्स ”को प्रमोशनको लागि कपिलले सचिनलाई आफ्नो कार्यक्रममा बोलाएका थिए। तर सचिनले निमन्त्रणा अस्विकार गरे।

सम्बन्धित समाचार