टी–२० विश्वकपमा को को हुँदैछन् छनौट ?

टी–२० विश्वकप छनौट अन्तर्गत अहिले १४ देशले प्रतिष्पर्धा गरिरहेका छन् । युएईमा जारी विश्वकप छनौट प्रतियोगितामा दुई समुहमा विभाजीत १४ देश आ–आफ्नो समुहमा लगभग आधा खेल खेलिसकेका छन् ।

एक टिमले ६–६ खेल खेलिने यस प्रतियोगितामा दुवै समुहका शिर्ष ३ टिम गरि कुल ६ टिम विश्वकपको पहिलो चरणमा प्रवेश गर्ने छन् ।



अहिले समुह ए मा नेदरल्याण्डस, पपुवा न्युगिनी, स्कटल्याण्ड, सिंगापुर, केन्या, नामिबिया र बर्मुडा रहेका छन् भने समुह बी मा क्यानाडा, जर्सी, आयरल्याण्ड, युएई, ओमान, हङकङ र नाइजेरिया रहेका छन् ।

अहिलेसम्मको खेलमा समुह ए मा नेदरल्याण्डसले खेलेका तीनै खेल जितेको छ र ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै पिएनजीले ३ खेल खेल्दै २ खेल जितेर ४ अंक बटुलेर दोस्रो स्थानमा छ भने स्कटल्याण्ड ४ खेलमा २ खेल जितेर ४ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै सिंगापुरले ३ खेलमा २ खेल जितेर ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै समुह ए मा केन्या र नामिबियाले ३–३ खेलमा २–२ खेलमा हार बेहोरेका छन् भने बर्मुडाले अहिलेसम्म खेलेका तीनै खेलमा हार बेहोरेको छ ।

त्यस्तै समुह बी मा क्यानाडाले खेलेका दुवै खेलमा जित हासिल गरेर ४ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै जर्सि, आयरल्याण्ड र ओमानले ३–३ खेलमा २–२ खेल जितेर ४–४ अंक हासिल गर्दै दोस्रो, तेस्रो र पाँचौ स्थानमा रहेका छन् ।

त्यस्तै आयोजक युएईले ४ खेलमा २ खेल जितेर ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै हङकङले अहिलेसम्म खेलेका तीनै खेलमा हार बेहोरेको छ भने नाइजेरियाले खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

सम्बन्धित समाचार