‘हामी यस्तै न हो नि ब्रो’ गाउने भिटेन पक्राउ परे

‘हामी यस्तै न हो नि ब्रो’ बाट पछिल्लो पटक निकै चर्चामा आएका र्‍यापर समिर घिसिङ अर्थात् भिटेन पक्राउ परेका छन् ।

उनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लील शब्द प्रयोग गरेको र सोसल मिडियामा राखेको तस्बिरमा आधारमा उनलाई बिहिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए । उनलाई जाउलाखेलबाट पक्राउ गरिएको हो ।



भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।

सम्बन्धित समाचार