पूर्व सांसद गायत्री साहले मेडिसिटी अस्पतालबाट बच्चा बुझिन्

१० करोड क्षतिपुर्ति दावी गर्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेपछि पुर्व सांसद गायत्री साहले बच्चा वुझेकी छन्। ६ महिनादेखि मेडिसिटीमा रहेको बच्चा मंगलवार राती १ वजे शाह परिवारले वुझेर लगेको हो। पूर्वसभासद गायत्री साह दम्पत्तिले मेडिसिटी अस्पतालविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेका छन्।

साह दम्पत्तिले अस्पतालको समयमा नै गर्भमा रहेको बच्चाको विषयमा अस्पतालले जानकारी नदिँदा डाउन सिन्ड्रोम भएको बच्चाको जन्म भएको भन्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। उनीहरुले बच्चाको उपचार खर्च दिने विषयमा अस्पतालले मौखिक सहमति जनाएको भएपनि हालसम्म नदिएको दाबी गरेका छन्। उच्च अदालत पाटनले कात्तिक ३ गते मात्र साह दम्पत्तिलाई अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिएर उपस्थित हुन आदेश दिएको थियो। उक्त आदेशपछि साह दम्पत्तिले अस्पतालविरुद्ध क्षतिपूर्ति माग्दै मुद्दा हालेका हुन्।



पूर्वसांसद साहलाई मेडिसिटी अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिएर उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको थियो । सात महिनाअघि जन्मिएको बालकको हालको अवस्था डिस्चार्ज लिएर घर लैजानयोग्य रहेकाले पाइएकाले ‘बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६५ (३) बमोजिम बालबालिकाको हक अधिकारको प्रचलन गराउने प्रयोजनार्थ’ अस्पतालबाट बुझिलिएर अदालत उपस्थित हुन भनिएको थियो । उच्चले असोज ३० गते आदेश दिँदै पत्र बुझेको तीन दिनभित्र बुझेर बालकसहित उपस्थित हुन भनेको थियो । ‘बालक जिम्मा लगाएर हक प्रचलन गराइ पाउँ’ भनी मेडिसिटी अस्पतालले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो। सो मुद्दामा अदालतले आदेश गर्दै असोज ८ गते बालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई तीन हप्ताभित्र निर्देशन दिइएकोमा वीरले असोज २९ गते बालकको स्वास्थ्य परीक्षणको रिपोर्ट अदालतमा बुझाएको थियो । उक्त प्रतिवेदनमा बच्चाको अवस्था सामान्य रहेको प्रतिवेदन दिएपछि अदालतको तर्फवाट बच्चा जिम्मा लिन भनिएको दाहालले बताए। रिपोर्टमा बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेकोले डिस्चार्ज दिन मिल्ने व्यहोरा उल्लेख गरिएको थियो। ‘काठमाडौं कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. पंकज राय र डा. रामहरि चापागाईंसहितको टोलीले बालकको स्वास्थ्य परीक्षण गर्दा हालको अवस्था सामान्य रहेकोले घर लैजान सकिने देखिएको प्रतिवेदन दिएको थियो ।

सम्बन्धित समाचार